मुसिकोटका २ विद्यालय,जनज्योति प्रा.बि वामी सेरा र भगवती प्रा.बि काफलटोलाले नतिजा प्रकाशन गरे

मुसिकोटका २ विद्यालयले शैक्षिकसत्र २०७८ को नतिजा प्रकाशन गरेका छन । मुसिकोट नगरपालिका वडानम्बर ७ वामी सेरा स्थित जनज्योति प्रा वि र सोहि वडाकै भगवति प्रा वि वामी काफलटोलाले शुक्रबार नतिजा प्रकाशन गरेका हुन ।

कोरोना महामारीबिच ढिलो गरि सुरु भएको शैक्षिक सत्र २०७८ को अध्ययन अध्यापनको मुसिकोट नगरपालिका भरि गत चैत्र ३० गतेदेखि परिक्षा सन्चालन भएको थियो ।विद्यालयमा नतिजा प्रकाशनसङ्गै पुरस्कार वितरण,विद्यालयको अगामी विद्यार्थी भर्ना,विद्यालय,समुदाय,विद्यार्थी र शिक्षकको भुमिकाको विषयमा छलफल समेत भएको थियो ।

सेरातर्फ समितिका कार्यवाहक अध्यक्ष सुक बहादुर रानाको अध्यक्षता,वडानम्बर ७ का निवर्तमान वडासदस्य लक्ष्मणप्रसाद खरालको प्रमुख आतिथ्यता,विद्यालयकी प्रधानाध्यापक सुमित्रा भण्डारीको विद्यालयका गतिविधिको जानकारी गराउनुभएको थियो शिक्षक सरस्वति गौतमको स्वागत मन्तव्य र शिक्षक विष्णुप्रसाद आचार्यको सन्चालन रहेको थियो ।

सोहि अवसरमा चन्दादाता बल बहादुर रायमाझि र वयोवृद्ध बालानन्द खराललाइ सम्मान गरिएको थियो । चन्दादाता बलबहादुर रायमाझि,विद्यालयका समितिका पुर्व अध्यक्ष तथा वामी नमुना समाजका अध्यक्ष जनक बहादुर थापा(कृष्ण)र प्रमुख अतिथि लक्ष्मणप्रसाद खरालले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

काफलटोलाको भगवती प्रा वि तर्फ समितिका निबर्तमान अध्यक्ष लोकनाथ काफ्लेको अध्यक्षता,समाजसेवि कल्पना घिमिरेको प्रमुख आतिथ्यता,शिक्षक पदम बहादुर खत्रीको स्वागत मन्तव्य,विद्यालयका प्रधानाध्यापक तेजनारायण सापकोटाले प्र.अ प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक अभिभावक सङ्घ अध्यक्ष बाबुराम भुषालको उपस्थिति रहेको कार्यक्रमको सन्चालन शिक्षक जनक काफ्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय