राष्ट्रिय आवश्यकता र पार्टीको हितको लागि पाएको टिकट पनि फिर्ता लिएको छु-सभापति जिसी

गुल्मी-नेपाली काङ्ग्रेस मुसिकोट वडानम्बर ७ वामीका सभापति तेजिन्द्र बहादुर जिसीले आफुलाइ पार्टीले दिएको टिकट समेत पार्टी,राष्ट्रिय आवश्यकता र गठबन्धनको हितको लागि भन्दै फिर्ता लिनुभएको छ ।

आफ्नो पार्टीप्रतिको योगदान,लगानी र क्षमताको मुल्यांकन गरि टिकट दिएको प्रति पार्टी नेतृत्वप्रति उहाले आभारसमेत प्रकट गर्नुभएको छ ।

गठबन्धनको मर्मअनुरुप काम गर्नको लागि पार्टी संयन्त्रले गरेको निर्णयलाइ आफुले सहर्ष स्वीकार गरि आफु उम्मेदवारबाट पछि हटेको उहाले प्रतिक्रिया दिनुभएको छ ।

यस अगाडि आउदो निर्वाचनमा उहाले अहिलेसम्म गरेका सम्पुर्ण कामको आधारमा पार्टी तथा गठबन्धनले जित हात पार्ने अपेक्षासमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय