वामिमा करेण्ट लागेर एकको मृत्यु

भुवन काफ्ले, मुसिकोट गुल्मी/ नब खबर|

गुल्मीको मुसिकोट नगरपालिका वडा न ७ क़ा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। कार्की मोबाइल पसलका संचालक २६ बर्षका धिरज कार्कीको आफ्नै मोबाइल पसलमा काम गर्ने क्रममा करेन्ट लागेर दिउसो करिब तिन बजे मृत्यु भएको हो।

वामिका ध्रुव शाक्यको घरको सटर भाडामा लिइ केहि समय अगाडिदेखि उनले मोबाइल पसल संचालन गर्दै आएका थिए। उनलाई करेण्ट लागेको थाहा पाएपछि उनकी श्रीमतीले दाउराले तारलाई झटारो हानेर छुटाएपनि बचाउन भने सकिनन्।

करेण्ट लागेको थाहा पाई सकेपछि उनकी श्रीमतीले छिमेकीलाइ सहयोग मागेर वामी टारमा रहेको लुम्बिनी वामी हस्पिटल प्रालिमा ल्याई पुर्याउदा मृत्यु भैसकेको हस्पिटल प्रमुख डाक्टर गिरेन्द्र सहानीले जानकारी दिनुभयो।

मृतक धिरज दुइ सन्तानका बाबु थिए |

यो समचार तयार पार्दा सम्म मृतकको सब पोस्टमार्टम को लागि जिल्ला सदरमुकाम तम्घास लैजाने तयारी रहेको परिवारले जनाएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय