जंगिय शाही,भ्रष्ट्राचारीलाई कानुन बमोजिम कार्वाही गर्छु भन्दै गाउपालिका अधयक्षमा दिए उम्मेदवारी

बाग्लुङ्ग . पश्चिम बाग्लुङ्ग निसिखोला गाउपालिकाका युवा अंचल शाहीले भ्रष्ट्राचारीलाई कानुन बमोजिम कार्वाही गर्छु भन्दै गाउपालिका अधयक्षमा उम्मेदबारी दर्ता गराएका छन् ।

गणतन्त्र नेपालले ल्याएको गाउगाउमा सिहदरबार भन्ने नामको नारालाइ दुरुपयोग गर्दै स्थानीय तहमा चरम भ्रष्टाचार भएको र त्यस्तालाइ कारवाही गर्ने भन्दै आफ्नो उम्मेदवारी दर्ता भएको शाहीले बताएका छन् ।
ग्रामीण र क्षेत्रगत अन्न भन्डारण समभाव र समतामूलक बिनिमय र बितरणको नीति तथा कार्ययोजना सहितका कार्य प्रारम्भ गर्ने उनको सोच रहेको छ ।

त्यस्तै स्थानीय रुपमा उब्जन र उत्पादन बीउ विजन संरक्षण ,भन्डारण र वितरण सहितको अनुसन्धान केन्द्र स्थापना गर्ने स्थानीय रुपमा पाइने जडिबुटी ,तथा आयुर्वेद तथा वैद्यहरुको अध्ययन,अनुसन्धान र प्रशोधनको शुरवात गर्ने उनले उद्घोष गरेका छन् ।

निर्वाहमुखी खेतीले जीवनयापनमा समस्या ल्याएको भन्दै खेतीयोग्य तथा कृषिजन्य क्षेत्रको पहिचान तथा अनुसन्धान र वैज्ञानिक प्रयोजनको आधार निर्माण गर्ने सोच उनले बनाएका छन् ।

त्यस्तै पशुपालन क्षेत्र तथा गौचर क्षेत्रको आधुनिक वर्गीकरण, – स्थानिय नागरिकको सीप,क्षमता र सामार्थ्य अनुसारको रोजागारका लागि अनुसन्धान र सामाधान,स्थानीय रुपमा जिवित रहेका भाषा तथा कलाको खोज अनुसन्धान तथा संरक्षणमा अध्ययन अध्यापनका लागि पाठशाला निर्माण,क्षेत्रगत ऐतिहासिक महत्त्वका आयामहरुमा थप खोज अनुसन्धान,सम्बर्द्धन र उत्खननसहित थप जिवन्तका लागि साहित्यिक अभिलेखिकरणमा जोड लगायतका विषयमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय