एमालेबाट बडिगाड गाउँपालिका अध्यक्षमा लोकप्रिय युवा नेता पाईजा उम्मेदवार चयन

बागलुङ । नेकपा एमालेले बडिगाड गाउँपालिका अध्यक्ष पदमा राजन पाईजालाई उम्मेदवार चयन गरेको छ ।

आशन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पाईजालाई चयन गरेको हो । आकाक्षीं धेरै भएपछि गाउँपालिका,जिल्ला र प्रदेशमा आकाक्षींहरुको नाम पठाएको थियो ।नेकपा एमाले गण्डकी प्रदेश कमिटीको निणर्य बमोजिम पाईजा बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

गाउँपालिका अध्यक्षकालागि ११ जनाको नाम प्रदेश कमिटीमा पठाईएको थियो । पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय पाईजा नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत हुनुहुन्छ । त्यस्तै उपाध्यक्ष पदको उम्मेदवारमा मिना रायमाझी चयन हुनुभएको छ ।

यो पनि पढ्नुहोस्- गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरु चुनावी घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । गुल्मी जिल्लाका २ नगरपालिका मध्ये मुसिकोट नगरपालिकामा नेकपा एमालेले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।

खरेल यतिबेला चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुगेका छन् । खरेल मुसिकोट नगरपालिका वडानम्बर-५ आपचौर गुल्मी निवासी हुन् । अग्रेजी साहित्य, नेपाली संस्कृत बिषयमा स्नातक तह उत्रीणर्, समाजशास्त्र बिषयमा स्नातोत्तर तह उत्रीणर्, समुदाय चिकित्सा सहायक कोर्ष उत्रीणर् गरेका छन् ।

खरेल २०३६ सालको बिद्यार्थी आन्दोलनमा सहभागिता सहित अनेरास्वबियूको सदस्यता लिई बामपन्थि राजनैतिक आन्दोलनमा संलग्न भएका थिए । २०३७ सालदेखी तत्कालिन नेकपा ( माले ) का भूमिगत गतिबिधीमा संलग्न रही आएका थिए । उनि २०३९ सालदेखी तत्कालीन ने क पा ( माले ) मा संगठित भै राजनैतिक गतिबिधीमा संलग्न हुँदै आएका छन् ।

२०४४ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मन्चको गुल्मी जिल्ला सदस्य भई पञ्चायती व्यवस्था बिरोधी गतिबिधीमा सक्रिय रूपले संलग्न भए । २०४६ सालको संयुक्त जनआन्दोलनमा संयुक्त बाममोर्चा, गुल्मी जिल्ला कमिटीमा रही बलेटक्सार र वामिटक्सारमा भएका जनप्रदर्सनमा बिशेष भुमिका निभाएको र पञ्चायती प्रशासनको कडा वारेन्टेड सूचिमा रहेका थिए ।

पटक पटक प्रहरी हिरासतको यातना झेलेका खरेल २०५४ सालमा सम्पन्न स्थानिय निर्बाचनमा तत्कालिन आपचौर गाबिसको अध्यक्षका रूपमा निर्बाचित भै जनप्रतिनिधीका हैसियतले ५ वर्षे कार्यकाल सफलता पूर्वक पुरा गरेका थिए । उनले गुल्मी जिल्ला परिषद सदस्यका रूपमा भुमिका निभाएका थिए ।

२०६४ सालदेखी नेकपा (एमाले) को गुल्मी जिल्ला कमिटी सदस्यका रूपमा निरन्तर सक्रिय र हाल मुसिकोट नगरकमिटी ईन्चार्ज समेत हुन् । खरेल विकाश निर्माण तथा सामाजिक सेवा कार्यमा संलग्नता हुँदै पनि आएका छन् । ईन्द्रेगौडा – रातडककांडा- छल्दी पनाहा मोटरबाटो समितीमा संस्थापक सचिव बनेर काम गरेका छन् ।

तल्लाफाट – आपककंचौर – दिब्रुङ्ग- शान्तिपुर मोटरबाटोमा संस्थापक अध्यक्ष भएर सामाजिक कार्य गरेका छन् । त्यस्तै तल्लाफाट सहिद पार्क (ढोडेनी बगर उद्यान) निर्माणमा संस्थापक अध्यक्ष, आपचौर खानेपानि तथा सरसफाई आयोजनमा अघ्यक्ष समेत भएका थिए । बरदान सामुदायिक चिकित्सालय तथा जनस्वास्थय केन्द्र हाल वरदान सामुदायिक शहरी स्वास्थय केन्द्र संस्थापक निर्देशक, नेपाल रेडक्रस सोसाईटी, पहाडी स्रोत व्यवस्थापन समुह, ईस्ट नेपाल साझा अभियान र बरदान गुल्मी जस्ता स्थापित सककंस्थाहरू मार्फत एकीकृत ग्रामीण विकाश, मानब अधिकार, दन्द्व व्यावस्थापन स्वास्थय सेवा तथा एचआी भी एड्स , शैक्षिक छात्रवृति जस्ता कार्यक्रम तथा परियोजनाहरूको सुपरिवेक्षण, समन्वय र व्यावस्थापन गरेको अनुभव खरेलसँग रहेको छ ।

२०४४/०४५ सालदेखी तालिमप्राप्त स्वास्थयकर्मीका हैसियतले बिरामीहरूलाई स्वास्थय चेतना, परामर्श र आधारभुत ऊपचार पुर्याऊने कार्यमा सक्रिय थिए । खरेल साहित्यिक – सास्कृतिक गतिबिधीमा रूचिपुर्वक सहभागिता जनउने गर्दर्थे । बिभिन्न पत्रपत्रिकाहरूमा कविता, मुक्त्क र गित प्रकाशित “ अन्धकारको बिरोध ” शिर्षकमा गित गजल संग्रह प्रकाशित गरेका छन् ।

नेपालको पुर्वदेखी पश्चिमका बिभिन्न भुभाग ,समाजमा पुगेको अनुभव पनि रहेको छ । भारत प्रवास सहित बिभिन्न १२ देशको भ्रमण अनुभव उनिसँग रहेको छ । कैयौं सामाजिक संस्था र सार्वजनिक संरचना निर्माणमा स्वयमसेबी सहयोगदाताका रूपमा योगदान पुर्याएका छन् । राष्ट्रिय चिया तथा कफि बिकाश बोर्डको बोर्ड सदस्य, सामाजिक सुधार र राजनैतिक अगुवाई र जनस्वास्थय बिषयहरू प्रशिक्षकका रूपमा अनुभव उनिसँग रहेको छ । शुभकामना मेडिको फर्मा र जय मत्स्यपालन तथा कृषि ऊधम फार्मको संचालक पनि खरेल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय