दाङ देउखुरिमा पाँच दलिय गठबन्धन भत्कियो

दाङ देउखुरीकाे राजपुर गाउँपालिकामा पाँच दलीय गठबन्धन भत्किएकाे छ । शुक्रबार पाँच दलीय गठबन्धन बीच सहमति हुन नसकेपछि गठबन्धन भत्किएकाे हाे ।

गठबन्धन भत्किएपछि  नेकपा माओवादी केन्द्र दाङको राजपुर गाउँपालिकामा एक्लै भिड्ने भएको छ । पाँच दलीय गठबन्धनमा सहमति हुन नसकेपछि राजपुर अध्यक्षमा चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादवले प्रतिस्पर्धा गर्ने भएका हुन् ।दाङका २ उपमहानगर, एक नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानीय तह छन् । 

अरु स्थानीय तहमा सत्ता गठबन्धन हुने भएपनि राजपुरमा माओवादी एकल रुपमा प्रतिस्पर्धा गर्ने पार्टी केन्द्रीय सदस्य नारायणी शर्माले बताइन् । ‘राजपुरमा काँग्रेस सहित गठबन्धनमा सहभागी दलसँग चुनावी तालमेल गर्न निक्कै मेहनत गर्यौ । छलफल पनि भयो ।अन्तमा माओवादी एक्लै लड्ने भयो’ सँग कुरा गर्दै शर्माले भनिन् ‘गठबन्धनमा सहभागी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग छलफल भएपनि जनमतभन्दा बढी वडामा दाबी गरेपछि सहमति हुन सकेको छैन ।’

 काँग्रेससँग तालमेल नभएपनि एकीकृत समाजवादी र जनमोर्चालाई वडामा भएपनि समेट्ने प्रयास हुने शर्माले बताइन् ।माओवादी राजपुरले सातै वडा अध्यक्षको नाम समेत टुंगो लगाएको छ । राजपुरको वडा नम्बर १ अध्यक्षमा विष्णु बुढा, वडा नम्बर २ अध्यक्षमा दुर्गा शर्मा, वडा नम्बर ३ अध्यक्षमा रामप्रसाद यादव, वडा नम्बर ५ अध्यक्षमा भोगेन्द्रसिंह राजपूत, वडा नम्बर ६ अध्यक्षमा श्याम रोका, वडा नम्बर ७ अध्यक्षमा पुस्कार ओलीले टिकट पाएका छन् ।

 वडा नम्बर ४ अध्यक्षमा प्रतिस्पर्धा गर्नेको संख्या धेरै भएकाले सहमति हुन सकेको छैन । शुक्रबार बेलुकासम्म अध्यक्षको नाम फाइनल हुने शर्माले बताइन् ।राजपुर गाउँपालिका अध्यक्षमा एमाले र काँग्रेसले नाम टुंगो लगाएका छैनन् । एमालेबाट यसअघि अध्यक्षमा पराजित भएका कुलराज गिरी नै पुनः उठ्ने तयारी गरेका छन् । यद्यपि पार्टीले निर्णय गरेको छैन ।

 नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उठ्ने उम्मेदवारको टुंगो लगाएको छैन । अध्यक्षमा पुनः यसअघि निर्वाचित अध्यक्ष लोकराज केसी र उपाध्यक्ष धनपति यादवले आकांक्षा राखेका छन् । यस्तै शरद बुढाथोकी र लालवीर खड्काले पनि आकांक्षा राखेका छन् । काँग्रेसमा अध्यक्षमा उठ्ने उम्मेदवारको संख्या धेरै भएकाले टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय