मुसिकोट ४ बडागाउमा गठबन्धनको साझा उम्मेदवारको टुङ्गो लाग्यो

बिष्णु प्रसाद आचार्य { चकित } । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ बडागाउमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारको टुङ्गो लागेको छ ।

शनिबार बसेको गठबन्धनको संयुक्त बैठकले उम्मेदवारको टुङ्गो लगाएको गठबन्धनमा रहेका काङ्ग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानहरि सापकोटाले जानकारी दिनुभयो ।

जसमा वडाध्यक्षमा नेपाली काङ्ग्रेसका वडा सभापति समेत रहेका गुप्त बहादुर कार्कीलाइ साझा उम्मेदवारको रुपमा अगाडि सार्ने सहमती भएको छ ।

सदस्यहरुमा २ वटा सदस्य समाजवादिलाइ परेको छ जसमा खुल्ला पुरुषमा थम्मन बहादुर गाहामगर र महिला सदस्य धन कुमारी अधिकारी कार्की (सिता) रहनुभएको छ ।

माओवादिलाइ १ खुल्ला सदस्य परेको छ जसमा विष्णु बहादुर बगाले रहनुभएको छ ।

त्यस्तै वडाध्यक्ष सङ्गै एक जना दलित महिला सदस्य पाएको काङ्ग्रेसकि तर्फबाट टिका बि.क रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय