ओलीको कुर्सीको एउटा खुट्टा भाँचियो, एमालेको भविष्य छैन: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर आफूतिर आउँन आग्रह गरेका छन् ।

शनिबार पार्टी कार्यालयमा पिताम्बर तिम्सिना लगायत एमालेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह रहेको बताए ।अध्यक्ष नेपालले भने–नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनका मूल प्रवाह हो,एमाले बनाउने ५ जनामध्येका ३ जना हामी एकै ठाउँमा छौं । त्यो एमाले भन्ने केपी ओली गुटको भविष्य छैन । अझै पनि पैसा र शक्तिको मात छ ।

पिताम्बर तिम्सिना नेकपा एसमा प्रवेश गरेपछि केपी ओलीको कुर्सीको एउटा खुट्टा भाँचिएको भन्दै नेपालले अर्को खुट्टा पनि बलियो नरहेको र किसान श्रेष्ठ प्रेम आलेहरुले छाडेपछि धर्ममराईसकेको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय