तिलक मगर – डिगाड: सरकारले देशैभर अभियानको रुपमा सुरु गरेको टाईफाईड बिरुद्धको खोप अभियान अन्तर्गत बडिगाडमा ८ हजार ७ सय ८३ जना बालबालिकाहरुले खोप लगाएका छन ।
बडिगाड गाउँपालिका अन्र्तगतका सबै वडामा सञ्चालन गरीएको अभियानमा १५ महिना देखि २३ महिना र २ बर्ष देखि १५ बर्ष मुनि सम्मका बालबालिकाहरुलाई बिद्यालय, खोप केन्द्र र स्वास्थ्य चौकी मार्फत खोप लगाईएको हो ।
बालबालिकाहरुलार्ई देखिने बिभिन्न स्वास्थ्य समस्याहरुबाट सुरक्षित राख्न खोप लगाईएको आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्बाङका प्रमुख सुदिप रञ्जन यादवले जानकारी दिनुभयो ।
बैशाख २ गतेबाट बडिगाडमा सुरु भएको अभियान अन्तर्गत १५ महिना देखि २३ महिनाका ४०२ र २ बर्ष देखि १५ बर्ष मुनि सम्मका ८३८१ जना बालबालिकाले टाईफाईड बिरुद्धको खोप लगाएका छन ।
