रेडियो पुष्पाञ्जलीद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

कौरव खत्री,गुल्मी ७ बैशाख- गुल्मीको सामुदायिक रेडियो पुष्पाञ्जली ९७।४ मेगाहर्ज मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीले नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रेडियोको आफ्नै भवन वामीटक्सार पल्टारमा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले रेडियो मुसिकोट नगरपालिकाकै एक सम्पति भएको बताउनुभयो ।

उहाँले समुदायमा सुचना आदान प्रदान गर्ने काममा रेडियोले मार्गको रुपमा काम गरेको बताउनुभयो । उहाँले रेडियोको स्तरवृद्धि र सुधार गर्न मुसिकोट नगरपालिका सधै प्रतिबद्ध रहने समेत धारणा राख्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवम् रेडियोका वरिष्ठ जग्गादाता गोविन्द सापकोटा,सल्लाहकारहरु हरिनारायण सापकोटा,गोपीकृष्ण खरेलले सामुदायिक रेडियो पुष्पाञ्जली मुसिकोट नगरपालिका भित्रको एकमात्र रेडियोको रुपमा स्थापित भएर लोकप्रिय बनेको बताउनुभयो ।

उहाँहरुले रेडियोको दिगो व्यवस्थापनका लागि स्थानीय सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने र रेडियोमा कार्यरत जनशक्तिको क्षमता विकास र व्यवस्थापनका पक्षमा पनि काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रेडियो सञ्चालक समिति सदस्य लोकनाथ काफ्ले,सितलादेवी बस्नेत,उमानन्द सापकोटा,लेखा सयोंजक डिल्लीराज खरेल,सदस्य टोपनारायण शाक्य,शेयर सदस्यहरु कमलराज खरेल,तेजिन्द्र जिसी,शलोन शाक्य,लोकप्रसाद छन्त्याल,मुसिकोट नगरपालिका राजस्व शाखा प्रमुख गोविन्द कडेंल लगायतको उपस्थिति रहेको थियो ।

रेडियो सञ्चालक समिति उपाध्यक्ष विवेक काफ्लेको अध्यक्षता सहकोषाध्यक्ष विष्णु प्रसाद आचार्यको स्वागत मन्तव्य एवम् सहसचिव कौरव खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय