पोखराको मेयर नपाए एमालेसँग मिल्ने माधब नेपालको पार्टी कास्की अध्यक्षको धम्की

गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताएका छन।

केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेद्वार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन्।

निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्कीमा निकै चहलपहल रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो। घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तब्य। उनले मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने धम्की दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय