नेकपा सांसदको घरमा कालोझण्डा राख्ने

प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो ।

बैठकले बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएको छ ।

त्यसैगरी १९ गतेदेखि प्रदेश सभा घेराउ गर्ने काग्रेसले बताएको छ । काग्रेसले प्रदेश सभा घेराउन गर्नका लागि जुटन समेत भनेको छ ।

बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

शनिवार राँके जुलुस, आइतबार रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएको काग्रेस नगर सभापति खेलराज पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय