इश्मा गाउपालिका उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट पार्वती कुवर सर्वसम्मत उम्मेदवार

गुल्मी-आसन्न वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागि इश्मा गाउपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट अधिवक्ता पार्वती कुवर सर्वसम्मत उम्मेदवार हुनुभएको छ।

नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय भएकी कुवर हाल नेपाली कांग्रेस इस्मा गाउपालिकाको उपसभापति हुदै गुल्मी क्षेत्र नम्बर २ बाट महासमिति सदस्य समेत भइसक्नुभएको छ ।

उहाबाट नेपाली कांग्रेस इश्मा गाउपालिकाले महिलालाई आरक्षण हैन अबसरको अभाव छ, अबसर पाए भने पुरुषजत्तिकै अझ धेरै कार्य सम्पादन गर्न सक्ने क्षमता हुन्छ भन्ने विस्वास गर्ने पात्रको रुपमा उहालाई लिन सकिन्छ।

महिला सशक्तिकरणका हरेक अभियानमा आफुलाई जोड्ने, महिला तथा वालवालिकाको हकहित र अधिकारको लडाइमा सधै अग्रपंतिमा रहने, व्यक्तिगत जिवन र स्वार्थलाई पर राखेर समाज विकास परिवर्तनसंगै सामाजिक रुपान्तरणको अभियानमा कटिवद्द भएर उभिने स्वभाव भएकी अधिवक्ता पार्वती कुँवर अब्बल उम्मेदवार हुनुहुन्छ।

वि सं २०५२ सालमा इस्मा गाउपालिका वडा नं २ पालुखा ९ साविकको हस्तिचौर गा वि समा जन्मिएकी पार्वती सानैदेखि पढाइमासमेत मेधावी विद्यार्थीको परिचय उहाको हो।

व्यवस्थापन संकाय र राजनितिशास्त्रमा स्नातकोत्तर गरी कानुन संकायमा स्नातक समेत गरेकी पार्वती अधिवक्ता समेत हुनुहुन्छ।

केहि समय शिक्षण पेशामा संलग्न रहेर स्थानीय तहको निर्वाचनमा होमिन राजिनामा दिएकी उहा पेशाले कानुन व्यावसायि समेत हुनुहुन्छ ।

विध्यार्थी कालदेखि नै ने वि संघको राजनितिमा आवद्द रहेर राजनितिक भविष्यलाई अगाडि बढाउदै गएकी कुवर हाल ने वि संघ गुल्मीको सचिव समेत हुनुन्छ।

नेपाली काँग्रेस जस्तो गौरवान्वित र लामो इतिहास बोकेको पार्टीमा सर्वसम्मत उम्मेदवार चयन हुनु आफैमा महत्वपूर्ण कुरा हो।

आफ्नो उम्मेदवारी ब्यवस्थासंगको हैन अबस्थासंगको लडाइ हो भन्ने, पात्र हैन प्रवृत्तिसंगको लडाइ हो भन्ने, कुनै वादसंगको हैन नक्कली वादीहरुसंगको लडाइ हो भन्ने,स्पस्ट उद्येश्यका  साथमा इस्मा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी अधिवक्ता पार्वती कुँवर पेशाले पनि सबैभन्दा योग्य र सक्षम उम्मेदवार रहेको जानकारहरुको दाबि छ।

बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाले आफु दलको उम्मेदवार भए पनि निर्वाचित भएपश्चात आफुलाई दलभन्दा माथि उठेर समग्र इस्मावासीको उपाध्यक्ष सावित गर्ने उहाको प्रतिज्ञा छ।

उमेरले २६ वर्षकी उहा सामाजिक क्षेत्रमा निकै क्रियाशील हुनुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय