सिद्धिन लागेका प्रचण्डलाई ५३ सिटमा पुर्‍याएँ, सर्प रहेछन् मलाई नै डसे : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विषालु सर्पको संज्ञा दिएका छन्।

सोलुखुम्बुमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रमा ओलीले दाहाललाई सर्पको संज्ञा दिएका हुन्।

प्रचण्ड त सिद्धिन लागेका थिए, उनलाई ल्याएर ५३ सिटमा पुर्‍याइदिएको थिएँ’, उनले भने, ‘पार्टीकै नेताहरुले प्रचण्ड खतरानक मान्छे हो तपाईंले सर्प पाल्नु हुँदैछ भन्दै थिए। त्यसलाई बेवास्ता गरेर यस्ता सर्पहरुको दाँत फुकाल्न आउँछ भनेको थिएँ। साथीहरुले भने जस्तै प्रचण्डले डस्न थालिहाले।’

पार्टी फुटाएकोमा प्रचण्डलाई कुनै पछुतो नरहेको पनि उनले बताए। ‘प्रचण्ड भन्छन्, गठबन्धन मैले बनाएको, पार्टी मैले फोडेको’, उनले भने, ‘आफ्नो पार्टी फोडेर अहिले कांग्रेसको घर दैलोमा धाइरहेका छन्।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई पनि लक्षित गर्दै अहिले नीति, दृष्टिकोण र विचार केही पनि नरहेको टिप्पणी गरेका छन्।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय