गठबन्धनको बैठक चलिरहेका बेला सुटुक्क बालुवाटार पुगे अमेरिकी राजदूत बेरी

काठमाडौं – सत्ता गठबन्धनको बैठक चलिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

गठबन्धन बैठक चलिरहेका बेला अमेरिकी राजदूत बालुवाटारमा पूर्व निर्धारित भेटघाटको समयअनुसार प्रधानमन्त्रीसँग भेटघाट गर्न पुगेका हुन् ।

तर गठबन्धन बैठक चलिरहेका अमेरिकी राजदूत बालुवाटार पुग्नु अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बालुवाटारमा जारी रहेको छ ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी छन् ।

यसअघि आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दावी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले आ आफ्नै दावी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय