काठमाडौं । आज प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन।कम्पनीको शेयर बैशाख ४ गते, आइतबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो।
स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार नभएपछि यस दिन नियमित सेसनमा पनि कारोबार हुने छैन। कम्पनीको शेयर मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई ९१ रुपैयाँ ८६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने जीभिएल स्टक टिकर प्रदान गरेको छ।