बिहान बैठक बस्दा लछारपाटो नलागे पछि सत्ता गठबन्धनले बेलुका बसेर टुंगो लगाउने!

बालुवाटारमा बसेको सत्तागठबन्धन बैठक आजै फेरि बस्ने गरी स्थगित भएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँचदलका शीर्ष नेता पनि सहभागी थिए।

साथै रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समिति सदस्य पनि बैठकमा सहभागी रहेका थिए।

नेताहरू बिहान ९ बजेदेखि बैठकमा जुटेका थिए। छ महानगर र ११ उपमहानगरमा आजै भागबन्डा गर्ने तयारी छ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले आजै फेरि बैठक बस्ने बताए।

‘खाना खानका लागि एकछिन बैठक स्थगित गरिएको हो,’ उनले भने, ‘केहीबेरमा फेरि बैठक बस्छ।’

यो पनि पढ्नु होस्//

निर्वाचन सर्दैन, ३० गतेसम्म पनि सर्छ कि भन्ने आशंका रहिरहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन वैशाख ३० गते नै हुने बताएका छन् ।

“निर्वाचनको दिन बिहानसम्म पनि सर्छ रे नि भन्ने विचित्रको संस्कार बनेको छ,” दाहालले भने, “संविधानसभादेखि अहिलेसम्म भएका सबै निर्वाचनमा त्यस्तो देखिएको छ । निर्वाचन सार्ने सरकारको मनसाय छैन ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय