काग्रेसको टाङमुनी छिरेर केहि हुनेवाला छैन भन्दै गठबन्धनको खरो विरोधमा उत्रिए लेखनाथ न्यौपाने

आसन्न स्थानिय तहको निर्वाचनमा काग्रेससँग गठबन्धन गरेर शक्ति आर्जन गर्नका लागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिलो ज्यानले अभियान चलाइरहेका बेला सोहि पार्टीका युवा नेता लेखनाथ न्यौपानेले भने खरो प्रतिक्रिया दिएका छन् ।

नेकपा माओवादी केन्द्र भित्र खरो अभिव्यक्ति राख्ने नेताका रुपमा चिनिएका न्यौपानेलाई चुनावमा माओवादी केन्द्रले नेपाली काग्रेस सँग गठबन्धन गर्ने कुरालाई काग्रेसको टाङमुनी छिर्ने कुरा मात्रै भएको अभिव्यक्ति दिएका छन् ।

युवा नेता न्यौपानले माओवादी केन्द्रले काग्रेसको टाङमुनी छिरेर केहि थान मान्छेको जागिर मिलाउँने मेसो बाहेक अरु नहुने जिकिर गरेका छन् । भोली जुन वर्ग सँग लड्नु छ त्यो सँग मिलेर सँगठनलाई पनि राम्रो नहुने र जनताको सेवा पनि हुन नसक्ने जिकिर उनले गरेका छन् ।

न्यौपानेले आफ्नो सामाजिक संजाल मार्फत यस्तो कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन् । जिल्ला भ्रमण्को निष्कर्ष भन्दै उनले आफ्नो मत व्यक्त गरेका छन् । चुनावको सन्दर्भमा जनमत बुझ्न जिल्ला भ्रमणमा गएर फर्किए पछि यस्तो निष्कर्षमा पुगेको भावमा न्यौपानेले यस्तो लेखेका हुन् ।

उनले समाजिक संजालमा लेखेका छन् ‘जिल्ला भ्रमणको निष्कर्ष :अन्तिममा जुन वर्गसँग लड्नु छ, त्यही वर्गको टाङ्मुनी छिरेर न संगठनलाई बचाउन सकिन्छ न त सुधारमार्फत् जनताको सेवा गर्न नै । मात्र केही थान मान्छेले जागिर खाने मेसोमा सिमित हुन्छ चुनाव !’

युवा नेता न्यौपानेले यस्तो स्टाटस लेखे पछि माओवादी केन्द्र भित्र खैलाबैला मच्चिएको छ । मनमा लागेको कुरा बेहिसाब प्रष्ट रुपमा राख्ने नेताका रुपमा न्यौपाने चिनिन्छन् । केहि समय अघि उनले एमसीसी पास गरेमा आफ्नै नेतालाई पनि संसद भवन भित्रै जुत्ता हान्ने अभिव्यक्ति दिएका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय