लिङ्देन भन्छन्– मौका पाउनेवित्तिकै राजसंस्था फर्काउछौं

काठमाडौं, ४ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मौका पाउनेवित्तिकै नेपालमा राजसंस्था फर्काउने दाबी गरेका छन् ।

आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले राजसंस्थाका साथै हिन्दु राष्ट्र ल्याउने घोषणा गरे ।

साथै, उनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् ।

नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय संस्थाको रुपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनले बताए ।

अर्को पनि पढ्नु होस्/

निर्वाचन रोकिन सक्ने प्रमुख आयुक्त थपलियाको आशंका

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी ३० बैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशंका पुनः व्यक्त गरेका छन् ।

जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशंका व्यक्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताएका हुन् ।

‘घोषित मितिको निर्वाचन रोकिएको खण्डमा मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न,’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनको माहौला बनाउने मिडियाले हो, अहिलेसम्म मिडियाले माहौल बनाएको छ, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।’

स्थानिय तहको निर्वाचन आउन २७ दिन बाँकी रहदाँ प्रमुख आयुक्तले निर्वाचन रोकिए दुर्घटनामा पर्ने निरन्तर अभिब्यक्ति दिईरहेका छन । गत साता पनि बिराटनगरमा निर्वाचन स्थगित गर्न नहुने तथा स्थगित भएमा मुलुक दुर्घटनामा जाने अभिब्यक्ति दिएका थिए । प्रमुख आयुक्तका अभिव्यक्तिलाई राजनीतिक बिश्लेषकहरुले गम्भीर रुपमा हेरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय