सिट बाँडफाँडको जिम्मा कार्यदललाई दिने गठबन्धनको निर्णय

काठमाडौं, ४ बैशाख । आज बसेको पाँचदलिय गठबन्धनको बैठकले स्थानीय तह चुनावका लागि सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई दिएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आज नै १ बजे कार्यदलको बैठक बस्दैछ ।

यो पनि पढ्नु होस्!

कांग्रेस नेता जोशी समुह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल

दमौली । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी समुह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल हुने भएको छ ।

काँग्रेस तनहुँलाई वार्तामार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई बेवास्ता गरिएपछि जोशी समुहले एमालेसँग तालमेल गरेको हो ।

तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनावमा साझा उम्मेद्वार बनाउने सहमति भएको छ ।

जोशी निवास दमौलीमा शनिबार भएकोको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेद्वारी दिने भएको हो । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमति भएको छ ।

छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरि ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति गठन गरिएको छ ।

तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नुपरेको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिनुभयो ।

१९ वर्षदेखि सत्ता बाहिर रहनुभएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो । ‘एक घर एक रोजगारी’ अभियान सञ्चालन गर्नुभएका नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् ।

नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनिसक्नुभएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । रुष्ट जोशी समुहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुँ कांग्रेसलाई ठुलो क्षति हुने देखिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय