लिङ्गदेन नेतृत्वको राप्रपापनि पछि राप्रपा नेपालमै समाहित हुने अध्यक्ष थापाको दाबी

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् । शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिती हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केही समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका हुन् ।

अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले मत बदर हुनसक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्नबाटै चुनावमा जाने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता प्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उनले जानकारी दिए । थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने जिकिर गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय