पर्सामा सत्ता गठबन्धन भंग, सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेस र जसपाको निर्णय

वीरगन्ज । सत्ता गठबन्धनबिच चुनावी तालमेल पेचिलो बन्दै गएको बेला पर्सा जिल्लामा पाँच दलीय गठबन्धन नहुने भएको छ ।

पर्साको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेका ठूला दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले जिल्ला स्तरमा सहमति गरेरै गठबन्धन भंग गरेका छन् ।

कांग्रेस जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपा जिल्ला अध्यक्ष राम नरेश प्रसाद यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै १४ वटै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति जनाएका छन् ।

शनिवार दुवै दलका जिल्ला प्रमुखले अलग अलग चुनाव लड्ने सहमतिमा हस्ताक्षर गरेका छन् । वीरगन्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा कांग्रेस र जसपा नै मुख्य प्रतिस्पर्धी शक्ति रहेकाले गठबन्धन नहुने भएको हो ।

महानगरपालिकाको मेयरमा केन्द्रीय मापदण्ड अनुसार जसपाले पाउनेछ भने कांग्रेसले नछाड्ने बताइसकेको छ ।

केन्द्रबाटै महानगरपालिकाको भागबण्डा हुने भनेकोमा जिल्लाबाट महानगरमा समेत मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको हो ।

पर्सामा माओवादी र नेकपा एसकको शक्ति कमजोर छ ।

दुई मुख्य दल कांग्रेस र जसपा बेग्ला बेग्लै लड्न सहमत भएसँगै माओवादी र एस अलपत्र परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय