तनहुँमा कांग्रेसका पुर्व सहमहामन्त्री जोशी समुहले एमालेसँग चुनावी तालमेल गर्ने

काठमाडौं, ४ बैशाख । तनहुँमा नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग नेकपा (एमाले)ले तालमेल गर्ने भएको छ । शनिबार भएको दुईपक्षबीचको छलफलपछि आगामी बैशाखमा हुने निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

साथै हिजो भएको छलफलमा जोशी समुहका ४ जना र एमालेको तर्फबाट ४ जना गरी ८ जनाको सदस्यीय चुनाव परिचालन समिति गठन गर्ने सहमति पनि भएको स्रोतले जनाएको छ । तनहुँका सबै पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको हो ।

प्रत्येक पालिका, वडामा जोशी समुह र एमालेको तर्फबाट साझा उम्मेदवार बनाउने सहमति भएको हो । तनहुँमा जोशी जनताले निकै रुचाएका नेतामा पर्छन् । उनले एमालेसँग एकता गरेसँगै नेपाली कांग्रेस तनहुँलाई भने असर पर्न सक्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय