रोचक राजनीति: श्रीमान नेकपा (एस)बाट मन्त्री, पत्नी एमालेबाट मेयरमा सिफारिस

स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा राजनीतिमा रोचक दृश्यहरू देखिन थालेका छन् ।

पार्टीहरूको विभाजन र निर्वाचन केन्द्रित पार्टी परिवर्तनले निर्वाचन नै रोचक देखिएको छ ।यस्तै भर्खरै विभाजन भएका केहि दलमा एकै परिवारका श्रीमान श्रीमती दुई पार्टीमा छन् । एमाले र नेकपा एसमा पनि यस्तो देखिएको छ ।

त्यतिमात्र होइन एमाले र नेकपा एसमा त अझै रोचक राजनीति देखिएको छ ।एमाले विभाजन भएर बनेको डल नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका एक नेताकी श्रीमती एमालेको कोटाबाट मेयर पदमा सिफारिस भएकी छन् ।

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस भएकी इन्दिरा पन्तका श्रीमान बागमती प्रदेशमा नेकपा एसबाट मन्त्री छन् ।एमालेले काठमाडौं महानगरपालिकाको मेयरको लागि सिफारिस गरेका पाँच जनामध्ये एक मात्र महिला इन्दिरा पन्त हुन् ।

उनका पति नेकपा (एकीकृत समाजवादी) बाट बागमती प्रदेशको मन्त्री छन्। बागमती प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिंचाई मन्त्रीसमेत रहेका वसन्त मानन्धर उनी इन्दिराका सहोदर श्रीमान हुन् ।

इन्दिरालाई विहीबार एमालेले काठमाडौं महानगरपालिकाको लागि मेयरमा सिफारिस गरेको थियो ।इन्दिरा एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य पनि हुन् । मेयरमा सिफाफ्रिस भएकी इन्दिराले यदि टिकट पाएको खण्डमा आफ्नै श्रीमानको पार्टीले उनलाई हराउने अवस्था छ ।

वसन्तले ओलीको ज्यादती सहन नसक्ने भन्दै एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा (एस) को काठमाडौं जिल्ला अध्यक्ष बनेका थिए। अहिलेको राजनीतिमा एमालेको लागि प्रमुख चुनौती भनेको नेकपा एस नै हो ।किनभने नेकपा (एस)ले आफूले नजिते पनि एमाले हराउने रणनीति अख्तियार गरेको छ।

पाँच दलीय गठबन्धनले तालमेल गरेर चुनाव लड्ने निर्णय गरिसकेको हुँदा श्रीमानकै पार्टीबाट इन्दिराको लागि तनावको बातावरण बन्ने देखिएको छ । एमाले निकट विद्यार्थी सङ्गठन अखिलको राजनीति हुँदै पार्टी राजनीति अघि बढाएकी उनी काठमाडौं जिल्ला कमिटी सदस्य पनि हुन् ।

उनका पनि वसन्त भने अघिल्लो प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ (क) बाट निर्वाचित भएका थिए ।एमाले विभाजनको क्रममा वसन्त माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा गएका हुन्।

उनकी पत्नी इन्दिरा भने एमालेमै रहिन्। वसन्त र इन्दिराले विद्यार्थी राजनीति गर्दा नै प्रेम विवाह गरेका थिए। वसन्त र इन्दिराको जोडीलाई एमालेले अघिल्लो स्थानीय चुनावमा मेयर र उपमेयरमा सिफारिश गरेको थियो।

जिल्ला कमिटीले प्रदेशलाई पठाएका उनीहरूको प्रदेश कमिटीले केन्द्रलाई पठाए पनि अनन्त विद्यासुन्दर शाक्यले टिकट हात पारेका थिए।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय