भरतपुरका कांग्रेस नेता कार्यकर्ताले दिए सामूहिक राजिनामा

भरतपुर महानगरपालिका कांग्रेसले माओवादीलाई नै सुम्पिने भएपछि कांग्रेस कार्यकर्ताहरूले सामूहिक राजिनामा दिएका छन् ।

माओवादीलाई नै दिन थालेको विरोधमा चितवनका कांग्रेस कार्यकर्ताले सामूहिक राजिनामा दिएका हुन् ।

भरतपुरमा रेणुलाई फेरि मेयरमा उठाउने कांग्रेसको निर्णयले चिढिएका नेता कार्यकर्ताको यस्तो निर्णयले पाँच दलीय गठबन्धनलाई भने धक्का लागेको छ ।

भरतपुर वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ ।राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।

राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।

भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय