एमाले हराउन बनेको गठबन्धन, भागबन्डा कै विषयमा बोलचाल बन्द

काठमाडौँ- नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एक जुट भएका दलहरु आसन्न निर्वाचमा पनि गठबन्धन गरेर एमाले हराउँने भन्दै हुंकार दिइरहेका छन् ।

मुखले गठबन्धन भन्न जती सजिलो छ व्यवहारिक रुपमा यसको प्रयोग उत्तीकै कठिन हुँदै गएको छ ।

केन्द्रमा गठबन्धनका शिर्ष नेताहरु बसेर चियाको चुस्की सँग गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेका छन् तर जिल्ला जिल्लाका गठबन्धन आवद्ध दलहरुका विचमा भागवण्डामा कुरा नमिल्दा गठबन्धन आवद्ध दलकै जिल्ला तहका नेताहरुका विचमा बोलचालनै बन्द हुने अवस्था देखिएको छ ।

चितवनको भरतपुर महानगरपालिका यस पटक पनि माओवादी केन्द्रलाई दिन काग्रेस सभापती शेरबहादुर देउवा तयार भए पछि चितवनका स्थाानिय काग्रेस कार्यकर्ताहरु आक्रोसित भएका छन् । उनीहरुले स्वस्फुर्त विद्रोहको चेतावनी दिइरहेका छन् । मोरङ , कन्चनपुरको कथा पनि उस्तै छ ।

यता पश्चिम तराई नेपालगञ्ज उपमहानगर र मध्यतराईको कलैया उपमहानगरमा सत्तारुढ गठबन्धनका एउटा एउटा पार्टीलाई बाहिर राखेर नयाँ गठबन्धनको अभ्यास सुरु गरिएको छ ।

नेपालगञ्जमा जनता समाजवादी पार्टीले मेयर पदमा दाबी गरेकोमा त्यहाँ काँग्रेसले दाबी नछोडेपछि जसपाले गठबन्धन नमान्ने भन्दै बाहिरिएको छ । नेपालगञ्ज प्रकरणका कारण जसपाले अन्य चारवटा पालिकामा आफु खुशी उम्मेद्वारी घोषणा गरेको छ ।

जसपा नेता इस्तिहाक राइनका अनुसार काँग्रेस नेतृत्वको जोरजबरजस्तीका अगाडी आफुहरु नझुक्ने बताउनुभएको छ । ‘बाँकेमा हामी काँग्रेस नेतृत्वको गठबन्धनमा बस्दैनौ’ रायनले भनेका छन् ‘बिचार मिल्ने समुहसँग छलफल गरेर गठबन्धन गर्छौं ।’

यता बाराको स्थिती पनि उस्तै छ । कलैया उपमहानगरमा काँग्रेसले दाबी नछोडेपछि सत्ता गठबन्धनका काँग्रेस इतर दलहरु एकजुट भएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर काँग्रेसको हैकम नमान्ने बताएका छन् ।

जनता समाजवादी,माओवादी र नेकपा ९एस०ले काँग्रेसका विरुद्ध अलग्गै उम्मेद्वार दिने तयारी गरेका छन् । त्यती मात्र होइन बाराको जितपुर सिमरा नगरपालिकामा पनि काँग्रेसले एक्लै चुनाव लड्ने अडान लिएपछि अन्य दलले काँग्रेसकै विरुद्ध गठबन्धन गर्न सुरु गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय