मलाई माओवादी नाम नै मन पर्दैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादसँग आफू सहमत नरहेको बताएका छन् । उनले आफूहरुले २०४६ सालमै माओवाद परित्याग गरेको उल्लेख गरे ।

विचार मिल्ने पार्टीहरुसँग एकता हुने भएपनि उनले माओवादीसँग वैचारिक रुपमा फरक रहेको बताए ।

‘अहिले हामी चुनावको तयारमिा जुटेका छौं । भविष्यमा को कसको नजिक हुन्छ, विचार मिल्छ कि मिल्दैन । त्यो हेर्नुपर्छ,’ उनले कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘माओवादीसँग अहिले सहकार्य गरिरहेका छौं तर तत्काल एकताको सम्भावना छैन ।’

उनले माओवादीसँग एकताका लागि माओवादी नाम नै फेर्नुपर्ने बताए ।

‘उहाँहरुको सिद्धान्तमा माओवाद छ । माओवादी केन्द्र नाम छ नि म त्योसँग सहमत छैन । माओत्सेतुङ विचारधार २०४६ सालमै हामीले परित्याग गरिसक्यौं,’ उनले थपे, ‘हामी एउटै ठाउँमा आउने हो भने माओवादी नाम छोड्नुप¥यो ।’

उनले पाँच दलीय गठबन्धन प्रतिगमनको विरोधमा भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार, दम्भ र व्यक्तिवादी सोचका कारण पार्टी विभाजन गर्नुपरेको बताए । पूर्वप्रधानमन्त्री नेपालले एकीकृत समाजवादी शक्तिशाली बन्दै दावी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय