६० प्रतिशत भाग लिएर एमालेसँग एकता गर्छु : त्यहाँ धेरै इमान्दार नेता छन् – प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको बताउनुभएको छ ।

उहाँले धेरै इमान्दार नेता भएको पार्टी एमाले नै हो तर नेतृत्वको बन्दी भएका छन् उहाँले भन्नुभयो ।

बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उहाँले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि एकदिन आफूले गर्ने जिकिर गर्नुभयो ।

‘एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’ प्रचण्डले भन्नुभयो, ‘एमालेभित्र तीन वर्ष हेर्‍यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने ।त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै छन् ।

तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’हामीले तीनलाई पनि मुक्त गर्नु छ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन उहाँले भन्नुभयो ।’प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गर्नुभयो ।

‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हामीले ६०–४० लिन्थ्यौं । त्यस्तो हुन्थ्यो भने पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं’ उहाँले भन्नुभयो ।

पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै प्रचण्डले त्यो मात्रै पर्याप्त भने नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले माओवादीहरुलाई ध्रुवीकृत गर्नुको अर्थ माओवादीलाई मात्रै भन्ने बुझ्नुहुन्न ।

हामीले सबै कम्युनिष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्ने हो । तर, त्यसको सुरुवात माओवादीहरुबीच ध्रुवीकरण गरेर नै गर्ने हो ।’

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय