गोरखामा यति धेरै नयाँ शक्तिका नेताहरु माओवादीमा आएपछि माओवादी निकै बलियो

गोरखा – तत्कालिन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई पार्टि परित्याग गरि नयाँ शक्ति पार्टि स्थापना गरेसँगै गोरखामा माओवादी केन्द्र पहिलाको भन्दा  निकै कमजोर बनेको थियो । जुन कुरा ०७४ को स्थानिय निकायको चुनाव र प्रतिनिधि सभाको चुनावमा पनि देखिएको थियो  ।

तत्कालिन नयाँ शक्ति नेपालको संगठन झन्डै कांग्रेसको जस्तै हुनुले माओवादी केन्द्र हराउनको लागी नयाँ शक्ति नेपालको असर देखिन्थ्यो ।  तर, पछिल्लो समय नयाँ नयाँ शक्तिबाट उमेद्वार बनेका नेताहरुनै माओबादी केन्द्रमा आएपछि माओबादी केन्द्रको स्थित सुदृढ बनेको  हो । स्थानिय जनता पनि बाबुरामले नयाँ शक्तिलाई उपेन्द्र यादबको पार्टिमा बिलिन गराएपछी बाबुरामसँग रुष्ट देखिन्छन् र त्यसैले माओवादीको लागी ०७४ को नजितालाई उल्ट्याउनका लागि असम्भव नभएको अबस्था देखिन्छ ।

को–को फर्किए नयाँ शक्तिबाट उमेद्वार बनेका नेता माओबादी केन्द्रमा

अघिल्लो स्थानीय तहको निर्वाचनमा गोरखाको धार्चे गाउँपालिकामा  नयाँशक्तिबाट उमेद्वार बन्नुभएका अध्यक्षका उमेद्धवार बन्नु भएका लक्ष्मण गुरुङ माओबादी केन्द्रमा फर्किनु भएको छ । धार्चे गाउँपालिकामा गुरुङले १६३८ मत प्राप्त गरेर निकटम प्रतिद्धन्दी बन्नु भएको थियो थियो माओबादी केन्द्रले ११२८ मत ल्याएको थियो । त्यस्तै धार्चे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षका उमेद्वार इन्द्रप्रसाद गुरुङ पनि माओबादी केन्द्रमा फर्कनु भएको छ ।

गण्डकी गाउँपालिकामा तत्कालिन नयाँ शक्तिबाट उपाध्यक्षमा चुनाव लड्नु भएकी दुर्गा तमु पनि माओबादी केन्द्रमा फर्कनु भएको छ भने वडा नम्बर ५ मा वडाध्यक्षका उमेद्वार बन्नु भएका पृथबहादुर मगर माओबादीमा फर्किएर फर्कनु भएको छ ।

भीमसेन थापा गाउँपालिकामा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षका उमेद्वार रुद्र लामिछाने, वडा नम्बर २ का वडाध्यक्षका उमेद्वार नविन लामिछाने, वडा नम्बर ६ अश्राङमा तत्कालिन नयाँ शक्तिका हस्ती मानिनु भएका सागर पाण्डे सहित गोरखा काठमाण्डौ सम्र्पक मञ्चका सुजन श्रेष्ठ सहितको ठूलो टिम नै माओबादी केन्द्रमा फर्कनु भएको छ । त्यस्तै जसपाले बलियो पकड मानिएको भीमसेन थापा गाउँपालिका ७ मा समेत जसपाले आफ्नो आधार लगभग गुमाएको छ । त्यहाँ नेतृत्व बाहेका सिंगो टिम नै माओबादी केन्द्रमा फर्किएको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालिन नयाँ शक्तिबाट पालिका अध्यक्षमा चुनाव लड्नु भएका जीतबहादुर घले पनि माओबादी केन्द्रमा फर्कनु भएको छ । अजिरकोट गाउँपालिकामा पालिकाको उपाध्यक्षमा उमेद्वार बन्नु भएका नेतृ सिता पोखरेल, भूमिनन्द देवकोटा, बिश्वनाथ अधिकारी, रामप्रसाद अधिकारी लगायतको नेता माओबादी केन्द्रमा फर्किएका छन् भने वडाध्यक्षका उमेद्वार बन्नु भएका गणेश तामाङ एमालेमा प्रवेश गर्नुभएको छ ।

गोरखा नगरपालिकामा गोरखा नगरपालिका वडा नम्बर १० का तत्कालिन वडाध्यक्षका उमेद्वार प्रेम तामाङ, वडा नम्बर २ मा रबि राना, वडा नम्बर ७ मा बुद्धिजिवी रामबाबु श्रेष्ठ, वडा नम्बर ८ मा बिष्णुहरी कट्टेल, वडा नम्बर १३ मा सन्तबहादुर अधिकारी, रामहरी खनाल, पूर्वजनमोर्चाको क्षेत्रिय सदस्य समेत रहनु भएका प्रताप भण्डारीले जसपा (तत्कालिन नयाँ शक्ति) छोडेर माओबादी केन्द्रमा फर्कनु भएको छ ।

पालुङटार नगरपालिकामा इन्द्र भट्टराई, सुमन आर्चाय भुवन सुनार लगायतका नेताहरु ०७४ को स्थानीय तहको निर्वाचन लगत्तै पार्टीको मूल धारमा फर्किएर माओबादी केन्द्रको नेतृत्व सम्हाली रहेका छन् । आर्चाय अहिले नेकपा माओबादी केन्द्र पालुङटार नगरपालिकाको उपाध्यक्ष हुनुहुन्छ भने सुनार राष्ट्रिय सभाको सदस्य भइसक्नु भएको छ । सिरानचोक गाउँपालिकामा तत्कालिन नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य बासु पोखरेल, माओबादी केन्द्रमा फर्कनु भएको छ भने वडाध्यक्षका उमेद्वार (थालाजुङ) बाबुराम गुरुङ, वडापार्टीका सचिव सिताराम ढकाल, धनबहादुर तामाङ लगायतका नेताहरु पनि माओबादी केन्द्रमा फर्कनु भएको छ ।

शहीद लखन गाउँपालिकामा जसपाका हस्ती मानिनु भएका धुव्र खनाल, दिपक खनाल माओबादी केन्द्रमा फर्किसक्नु भएको छ भने वडा नम्बर ९ नाम्जुङबाट ०७४ को निर्वाचनमा वडाध्यक्षका उमेद्वार बन्नु भएका रामकुमार श्रेष्ठ पनि माओबादी केन्द्रमा फर्किसक्नु भएको छ ।

आरुघाट गाउँपालिकामा नेता दण्डपाणी खनाल माओबादी केन्द्रमा फर्कनु भएको छ भने नयाँ शक्तिबाट वडाध्यक्षमा उमेद्वार बन्नु भएका हुकुम खड्का एमाले प्रवेश गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय