‘एक्लै चुनाव भिड्ने’ भनेको एमाले धमाधम तालमेलमा

काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । उनले सत्ता गठबन्धनविरुद्ध आफ्नो दल एक्लै काफी रहेको बताएका थिए । तर, चुनाव नजिकिदै गर्दा ओलीले धमाधम चुनावी तालमेल गर्न थालेका छन् ।

ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गरेका छन् । एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति समेत भएको छ । राप्रपा नेपालका उम्मेदवारहरु एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने सहमति बनेको छ ।

यसैगरी, ओलीले परिवार दलसँग पनि चुनावी तालमेल गरेका छन् । परिवार दलका उम्मेदवारहरु एमालेको सूर्य चिन्हबाट चुनाव लड्नेछन् ।

ओलीले साना दल र समूहहरुलाई समेट्दै चुनावी तालमेलहरु गर्न थालेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय