काठमाडौं, ३० चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुले घरघरमा नोट थन्क्याएको कारण अहिले आर्थिक संकट आएको टिप्पणी गरेका छन् ।
आज (बुधबार) पर्सामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन् ।
उनले नेताहरुले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसाको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको दाबी गरे ।उनले राप्रपाको पक्षमा जनलहर देखिएको भन्दै आगामी निर्वाचनमा सफलता हासिल गर्ने बताए ।
यो पनि पढ्नु होस्//

बृद्धभत्ताको सुरू गर्ने मान्छे नै मै हुँ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई भत्ताको सुरूवात आफूले गरेको बताएका छन् । शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको समेत बताए ।
उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री पार्टीका तर्फबाट मुल नेता । यो भत्ताको सुरू गर्ने मान्छे । मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन । कमसेकम स्याबास् भन्नुपर्ने हो नि ।’ ०५१ सालमा मासिक एक सय रूपैयाँ दिनेगरी आफूले वृद्धभत्ता सुरू गरेको उनले बताए ।
उनले जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभएपनि केही काम भने भएको बताए । लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि उनले आग्रह गरे ।
‘सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उनले भने, ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु ।’ अध्यक्ष नेपालले मानिस जाँडको मातले जस्तै पदको मातले पनि लाग्ने भन्दै सरकारलाई खबरदारी गरिरहन आग्रह गरे ।
०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो ।’