माओवादीले हटायो चुनावी पोष्टरबाट कुलमानको फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो प्रचार सामग्रीबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ ।

अध्यक्ष प्रचण्डको पेजमा राखिएको पोष्टर कुलमानको असहमतिपछि सम्पादन गरिएको हो

अराजनीतिक व्यक्तिको तस्बिर दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । कुलमानले पनि आफ्नो तस्बिर हटाउन माओवादीलाई आग्रह गरेका थिए । त्यसलगत्तै प्रचण्डको पेजमा राखिएको उक्त पोष्टलाई एडिट गरेर नयाँ राखिएको हो । नयाँ पोष्टरमा प्रचण्डको मात्रै तस्बिर छ । पूर्वउर्जामन्त्री जनार्दन शर्माको तस्बिर पनि हटाइएको छ ।

यद्यपि, थुप्रै माओवादी कार्यकर्ताले फेसबुकमा कुलमानसहितको पोष्टर सेयर गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय