ओखलढुंगाबाट आएको यो खबरले थपियो प्रचण्डको तनाब , एमाले नेता-कार्यकर्ता भने खुसिले गदगद

पछिल्लो समय नेकपा एमालेमा प्रबेश गर्ने जनप्रतिनिधिको सँख्या बढेको छ । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गरेका हुन् ।धमला सहित एमाले प्रवेश गर्नेहरूलाई संघीय सांसद यज्ञराज सुनुवार र प्रदेश सांसद अम्बिरबाबु गुरुङले एमालेमा स्वागत गरेका थिए ।

धमला २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेर एमालेका उम्मेदवार सँग पराजित भएका थिए ।माओवादी केन्द्र सुनकोसीका प्रभावशाली नेताका रूपमा रहेका धमला सहित सुनकोसीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको दबी गरिहेका उनी एमाले प्रवेश गरेसँगै माओवादी केन्द्र सुनकोसीलाई ठूलो धक्का लागेको बताइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय