माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनलाई लक्षित गरी बनाएको प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई प्रयोग गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएको छ ।

चुनावी प्रचार सामग्रीमा प्रचण्ड र अहिलेका अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमानको तस्बिर राखिएको छ । जहाँ लेखिएको छ– अध्याँरोबाट उज्यालोको यात्रा ।

शिरानमा माओवादीको चुनाव चिह्न राखिएको उक्त समग्रीमा राति बिजुली बनेको बिम्बात्मक तस्बिर पनि राखिएको छ । जनार्दन शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरण प्रमुख भएका बेला लोडसेडिङ हटेको भन्ने पार्न उक्त पोस्टर सार्वजनिक गरेको बुझिन्छ ।

यो पनि पढ्नुहोस्

छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ//

खोटाङ । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

आरोपित आचार्यलाई एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घटनालगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

शिक्षालयमा अध्ययनरत छात्रालाई पटक–पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियुका अध्यक्ष मोहन संग्रामले बताए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय