सत्ता गठबन्धनमा महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँट केन्द्रले गर्ने

काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय केन्द्रबाट गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

यसैगरी नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरेर वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउनुपर्ने छ ।

यो पनि पढ्नुस् //

गोरखाको कारण गठबन्धनबाट बाबुराम आउट हुन् सक्ने

काठमाण्डौ – अघिल्लोपटकको प्रतिनिधिसभा चुनाव अघि वाम गठबन्धन भन्दै एमाले र तत्कालिन माओवादीले गरेको गठबन्धनमा बाबुराम पनि अटाएका थिए । तर, दुई दिनपछि गोरखा क्षेत्र नम्बर दुईको एक सिटमा माओवादीका नेता नारायणकाजि श्रेष्ठ र बाबुराम भट्टराईले तानातान गर्दा बाबुबाराम गठबन्धनबाट बाहिरिएका थिए ।

अहिले शक्तिशाली भनिएको ५ दलीय गठबन्धनबाट पनि  बाबुराम भट्टराई आउट हुने सम्भावना बढेको छ । कारण हो गोरखाको स्थानिय तहको सिट बाडफाड । स्थानिय तहमा आफूले माग गरेको जति सिट नपाउने भएपछी गोरखाका कांग्रेस र माओवादी मिलेर बाबुराम भट्टराईको पार्टि जनता समाजवादी पार्टीलाई आउट गर्न लागेको कांग्रेसका एक नेता बताउछन् ।

कांग्रेसले गोरखामा एक्लाएक्लै चुनाव लडे ११ वटै पालिका जित्ने दावी गर्दै गठबन्धन भएमा हाल नेतृत्व लिईरहेको नौ वटा पालिका नछाड्ने अडान लिएपछी गठबन्धनमा भाडभैलो मचिएको थियो।  गठबन्धनलाई मिलाएर लैजाँदा कांग्रेस सात वटा पालिकामा खुम्चिएर सहमति गर्ने भित्री रणनिती कांग्रेसको थियो।

सत्ता गठबन्धन नै मिलेर जाने हो भने नेकपा माओवादीले सात वटा पालिका दावी गरेको छ । तर, माओवादीका जिल्ला स्तरीय एक नेतृत्वले कांग्रेसका नेतृत्वलाई जिल्ला समन्वय समितीसहित १२ हिसाब गरेर ६-६ वटा बाँडेर चुनावमा जान प्रस्ताव गरेको समाचार सार्वजनिक भएको छ ।

जसपाले भने गोरखामा एक नगरपालिकासहित तीन वटा पालिका दावी गरेको छ । तर, गठबन्धनका दुई शीर्ष दल कांग्रेस र माओवादी आफुले मात्रै नेतृत्व लिएर साना दललाई उपमेयर, उपाध्यक्ष र वडाध्यक्षमा नै चित्त बुझाउन लगाउने चलखेल शुरु भएपछि जसपाका नेताहरु असन्तुष्ट देखिन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय