भरतपुरका मुख्य निर्वाचन अधिकृत हेरफेर, रावलको ठाउँमा अधिकारीलाई खटाइयो

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

आयोगको सोमबारको निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई जिम्मा दिइएको छ ।

रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन् । न्यायपरिषदको सिफारिसमा आयोगले मुख्य न्यायाधीश नियुक्ति गर्छ ।

यसअघि भरतपुरमा मतपत्र च्यातिने प्रकरणमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले न्यायपरिषदमा कारबाहीका लागि उजुरीसमेत दिएको थियो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय