बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ९ र ५ !

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज मंगलबार ग्लोबल आइएमई क्यापिटल लक्ष्मण बाबु भवन नक्साल काठमाडौंमा बाँडफाँट सम्पन्न गरिएको हो । कम्पनीको आईपीओको लक्की नम्बर ९ र ५ छनोट भएको छ ।

कम्पनीको आईपीओमा २१ लाख ७१ हजार ७४० जना आवेदकको २ करोड ४४ लाख ७१० कित्ताका लागि आवेदन परेकोमा २१ लाख ६८ हजार १ सय जना आवेदकले २ करोड ४३ लाख ५८ हजार ५१० कित्ता मात्रै भेरिफाई भएको क्यापिटलले जनाएको छ । ३ हजार ६४० जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ६६ हजार ३४५ जनाले मात्रै पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ३ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ३ कित्ता थप गरेर ३ जनालाई ११ कित्ताका दरले दिईएको छ । कम्पनीको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये बाँकी सबैको हात रित्तो भएको छ ।

कम्पनीले चैत १६ गते बुधबारदेखि चैत्र २१ गते सोमबारसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय