प्रत्येक जिल्लामा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन माओवादीको सर्कुलर

काठमाडौं, २९ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लाबाट एक पालिकामा महिला प्रमुख बनाउने भएको छ ।

माओवादीले कम्तीमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट एक वडाध्यक्षको उम्मेदवार महिला बनाउन पर्ने सर्कुलर जारी गरेको हो ।

सर्कुलर जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जित्ने सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत एउटा वडामा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय