माओवादी केन्द्रको उपाध्यक्ष; वर्षमान पुन र जनार्दनलाई महासचिव ! बधाईको ओईरो (हार्दिक बधाई)

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ । हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ । आज दोस्रो दिन बन्दसत्र हो । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

उनी लगातार दुई घण्टादेखि आफ्नो प्रतिवेदनबारे प्रकाश पार्न व्यस्त छन् । यो महाधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने जनाईएको छ । अध्यक्षमा प्रचण्डको विकल्प नभएको नेताहरुले बताउने गरेका छन् ।

महाधिवेशन सुरु हुनु अघिल्लो दिन अवेर राति सम्पन्न स्थायी कमिटी र महाधिवेशन सुरु हुने दिन विहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई बहुपदीय प्रणालीमा लगिएको छ। जसअनुसार अध्यक्ष, १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ।

अध्यक्षमा दाहालको विकल्प नभएको नेताहरुले नै सार्वजनिक रुपमा बताईसकेका छन् । तर, अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने तीन जनाको दाबी रहेको बुझिएको छ। नेताहरु जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषाल ।

वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ चयन हुने बताईएको छ । ६ उपाध्यक्षमा भने कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेलको नाम चर्चामा छ

यी तीनमध्ये अहिले पुन उपचारको लागि चीनमा छन् । तर, दाहालले भने महासचिवमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मालाई ल्याउन चाहेको नेताहरुले बताएका छन् । हुन त यसअघि पुनले आफूलाई नै महाधिवेशन हलमार्फत महासचिव घोषणा गर्नुपर्ने माग अध्यक्ष दाहालसामू राखेको पनि बताईएको छ । तर, दाहालले शर्मालाई महासचिव बनाउने र पुनलाई उपाध्यक्षमा राख्ने मनस्थिति बनाएको एक नेताले जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय