दाङमा महराको चमत्कार : एकैपटक सिंगो पालीका नै एमाले त्यागेर माओवादीमा प्रवेश…

दाङको राजपुर गाउँपालिकामा कांग्रेस र एमाले परित्याग गरि सय भन्दा बढी नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन । पार्टी परित्याग गर्ने नेता कार्यकर्तालाइ नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अबिर माला लगाइ स्वागत गरेकाहुन् ।

पार्टी प्रवेश गर्नेहरुमा तलिक राम यादव, रामकृष्ण भण्डारी, शिवार सिंङ भण्डारी, अयोध्या प्रसाद यादव लगायत राजपुर गाउँपालिकाका विभिन्न वडाका रहेका छन ।

माओवादी केन्द्रले आज देशव्यापी रुपमा गरेको पालिका स्तरीय सम्मेलन अन्तर्गत नेकपा माओवादी केन्द्र राजपुर कार्यक्रमको दोस्रो सम्मेलनको अवसर पारेर पार्टी प्रवेश कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नव प्रवेशीलाइ स्वागत गर्दै प्रवक्ता महराले यो देशको परिवर्तनको संवाहक माओवादी केन्द्र नै भएको र यही पार्टी नै सहि भएकै कारण आज यति धेरै नेताकार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरेको भन्दै स्वागत गर्न पाउँदा आफु खुशी भएको बताए ।

तपाइँहरु सहि ठाउँमा आउनुभएको छ । तपाइँहरुलाई पार्टीले उचित स्थान दिने छ ।माओवादी केन्द्रमा अहिले विकृति आएको र त्यही विकृतिलाई हराउन पार्टीले वडा पालिकाहरुको र अहिले गाउँ पालिका सम्मेलन हुदै गरेको बताउदै २५ गते प्रदेश र पुस ११,१२ र १३ गते केन्द्रको पनि मिति तय भएको भन्दै पार्टी अब सुदृढीकरणको अभियानमा रहेको बताए ।

यतिमात्र नभएर पुराना माओवादी जो जनयुद्धमा संगसंगै रहेर आज अलग पार्टीमा रहेका पार्टी संग पनि आफु र अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको लागि लागि परेको बताए ।कार्यक्रममा जेष्ठ नागरिक तथा सहिद परिवारलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा विशिष्ट अतिथिका नेकप माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर, अतिथिहरुमा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रिय सदस्य प्रदेश सचिवालय सदस्य देविराम सुनार नेकपा

माओवादी केन्द्र दाङ जिल्ला सचिवालय सदस्य रामप्रसाद यादव, मधेसी राष्ट्रिय मुक्ति मोर्चा जिल्ला संयोजक मिश्रिलाल यादव, एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश सचिवालय सदस्य बिष्णु खत्री लगायतका रहेका थिए । राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का शिखरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिष्णु यादवले गर्नुभएको हो ।

अब कुल ३६४ मेगावाट बिजुली बेच्ने बाटो खुलेको छ ।’ यससँगै, नेपालमा उत्पादित बिजुली पर्याप्त मात्रामा भारत बेच्न पाइने भएकाले थप बिजुली चाहिने मन्त्रालयको निष्कर्ष छ ।प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा भारतले नेपाललाई थप बिजुली बेच्न अनुमति दिएको थियो ।

‘आगामी दिनमा थप बिजुली किन्न भारत सहमत छ । नेपालको उत्पादन बढ्दै गएपछि थप सम्झौता गर्न भारत राजी भएको छ,’ उनले भनिन्, ‘माथिल्लो तामाकोसीबाट उत्पादित बिजुली पनि किन्न भारत तयार देखिन्छ ।’ भारतले नेपालबाट पर्याप्त मात्रामा बिजुली किनेमा स्वदेशमै खपत गर्ने र भारततर्फ निकासी गर्ने लक्ष्यसहित रोकिएका आरओआर आयोजनाको पीपीए सम्झौता गर्ने बताइएको छ ।

यसअघि सरकारले आरओआरमा आधारित जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको कोटा पुरा भएको भन्दै पीपीए सम्झौता रोकेको थियो ।

अहिले स्वदेशी तथा विदेशी बजारमा उत्पादित विद्युत्को माग र खपत बढेसँगै सरकारले पुनः कोटा राखेर पीपीए खुलाउने भएको हो ।आरओआर आयोजनाबाट उत्पादित बिजुलीमा पुनः कोटा राखिने र सबै प्रक्रिया सकेर पीपीएको पर्खाइमा रहेकालाई मुख्य प्राथमिकतामा राखिने मन्त्रालयको भनाइ छ ।

‘सबै तयारी पुरा गरेर पीपीएको पखाईमा रहेका उत्पादकहरूसँग पीपीए सम्झौता गरिन्छ,’ विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘बिजुलीको माग बढेसँगै स्वदेशी माग धान्नै आरओआर आयोजनाबाट उत्पादन हुने बिजुली किन्ने भएका हौं ।’

यो वर्ष १७ सय मेगावाट हाराहारी रहेको बिजुलीको माग आगामी वर्ष २०७९ मा १९०० देखि २ हजार मेगावाट पुग्ने अपेक्षा रहेको उनले बताए ।

‘यो वर्ष १७ सय मेगावाट उच्च माग छ । जुन, आगामी वर्ष कम्तीमा २०० देखि ३०० मेगावाटले बढ्ने प्राधिकरणको आङ्कलन छ,’ घिसिङले भने, ‘अर्को वर्ष मागसहित उत्पादन पनि बढ्ने निश्चित छ ।’ हाल राष्ट्रिय प्रसारण लाइनमा जडित क्षमता २१ सय मेगावाट छ ।

अर्को वर्ष २००/३०० मेगावाट जडित क्षमतासहितको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यससँगै, नेपालको कुल जडित क्षमता २२०० देखि २३ सयसम्म पुग्छ ।

‘यही अनुपातमा आगामी केही वर्ष उत्पादन बढ्दै जाँदा उत्पादनले स्वदेशी माग नै नधान्ने देखिएपछि आरओआर आयोजनाको पीपीए खुलाउने तयारीमा लागिएको हो,’ उनको भनाइ छ । यतिबेला देशभरका उद्योग÷व्यवसायमा बिजुलीको माग अत्यधिक मात्रामा बढ्दै गएको घिसिङको भनाइ छ ।

यसअघि, हिमालयन हाइड्रो एक्सोपोको समापन समारोहमा मन्त्री भुसालले आरओआर आयोजनाको पीपीए पर्खनुभन्दा जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनामा लगानी बढाउन भनेकी थिइन् । उनले समापन समारोहमा प्रष्टसँगै आरओआर आयोजनाबाट उत्पादित बिजुलीको पीपीए सम्झौता नहुने संकेत गरेकी थिइन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय