रेखा थापाको घरदैलो अभियानमा छायो एकाएक उत्साह, राप्रपा प्रवेशमा युवाहरुको भिड

प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाको निर्वाचन लक्षित घरदैलो कार्यक्रममा उत्साह छाएको छ।

चितवनमा कालिकास्थान नगरपालिकामा रेखा पुगेसँगै राष्ट्रवादी युवाहरुको राप्रपामा प्रवेश नै लागेको छ। हुन, पनि अहिलेका युवाहरु बिभिन्न राजनीतिक दलमा आवद्ध छन्। आफ्नो पार्टी राम्रो भन्ने मानसिकता कायमै छ। यद्यपि, रेखा थापा कार्यक्रम पुगेपछि बिभिन्न पार्टीमा आवद्ध युवाहरुले ठुला पार्टीले सरकारमा राज गर्नु बाहेक केहि नगरेको गुनासो गरे।

आफ्नो पार्टीले के गरेन, यतिका बर्ष कुदियो विकास भएन भन्दै थापालाई गुनासो गर्दै राप्रपामा समाहित भएको बताए। राप्रपामा मनैबाट प्रवेश गरेको बताउँदै युवाहरु राष्ट्रनिर्माणको अभियानमा होमिएको बताए।

पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य थापाले युवाहरु परिवर्तनका सम्बाहक भएको बताउँदै पार्टी अझै स्ट्रोङ बन्ने बताईन्। उनले भनिन्, यसरी साथ सहयोग मिले हामीले भनेको परिवर्तन समृद्धीको नजिक पुग्न ढिलो छैन्। ‘घरदैलोमा पुग्ने क्रममा सबै उत्साहित भएको रेखाले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय