देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलीय गठबन्धनको आह्वान

काठमाडौं, २८ चैत्र । सत्तापक्षीय पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेको छ ।

पाँच दलको तर्फबाट आज प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

मुकुन्दे चुनावमा गगन थापासँग भिड्ने !

काठमाडौं । पछिल्लो समय स्थानिय तहको निर्वाचनमा बाक्लो संख्यामा स्वातन्त्र उम्मेदवारहरु चुनाव लड्ने घोषणा गर्दै तयारीका लागि मैदानमा उत्रदैछन् ।

त्यस्तै ‘मुकुन्दल्यान्ड’का अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ले संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।

सार्वजनिक स्थलमा समसामयिक र राजनीतिक विषयमा गहकिला भाषण गर्न खप्पिस उनी सामाजिक संञ्जालमा पनि उत्तिकै खरो र दरो टिप्पणी गर्दै उतिकै चर्चा बटुलेका घिमिरेले गृहजिल्ला भोजपुरभन्दा टाढा उम्मेदवारी दिने भएका हुन् ।

काठमाडौं क्षेत्र नं. ४ नेपाल काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्दल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।

उनले लेखेका छन्– व्यवस्थाअनुसार गृहजिल्लाभन्दा अन्तैबाट निर्वाचनमा उम्मेदवार बन्न गृहजिल्लाको मतदाता नामावली प्रमाणित प्रति चाहिन्छ । यसअघिका चुनावहरुमा घिमिरेसँग यो कागज थिएन । आइतबार सामाजिक सञ्जालमा मतदाता नामावली विवरण सार्वजनिक गर्दै लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी शुरु भयो ।🙏’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय