ओलीसँग मिल्न नदिएर प्रचण्डलाई सिध्याउने देउवाको चाल, सुरुमा सँगै हिडेर अन्तिममा हात छोडिदिने !

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले माओवादीलाई सिदयाउने रणनीति वनाएको आशंका गर्न थालिएको छ। कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसले आफुलाई आईपर्ने अप्ठ्यारोलाई सहज बनाउनका लागि मात्रै माओवादीसँग तालमेल गरेको तर माओवादी नेताहरु चुनाव जित्ने अवस्थामा नरहेको भन्दै नेताहरुको साख गिराउने अभिब्यक्ति दिएपछि यस्तो आशंका गर्न थालिएको हो।

नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस एक्लै चुनाव लड्न सक्ने भएपनि माओवादी नेताहरुको अस्तित्व जोगाउनका लागि आगामी निर्वाचनमा गठबन्धन गर्नुपरेको बताएर

आफूले एक्लै चुनाव लड्नु पर्ने धारणा राख्दा सभापति शेरबहादुर देउवाले माओवादीका नेताहरुको अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन गर्नुपर्ने धारणा राखेको स्मरण गर्दै नेता कोइरालाले बाध्यात्मक परिस्थितिमा गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए ।

‘म एक्लै चुनाव लड्नु पर्छ भन्ने पक्षमा छु । तर, सभापति देउवाको धारणा प्रति सहमत छु । उहाँले भन्नु भएको थियो, माओवादीका धेरै नेता निर्वाचन जित्ने अवस्थामा छैनन् । उनीहरु एमालेसँग मिले भने गत निर्वाचन जस्तै हामीले हार्नुपर्ने अवस्था बन्न सक्छ’ नेता कोईरालले भने –‘उहाँको यो धारणप्रति म पनि सहमत छु । त्यसैले गठबन्धन गर्नुपर्ने अवस्था बनेको छ ।’

यति भन्दै गर्दा नेता कोईरालाले धेरै माओवादीहरु एमालेमा प्रवेश गरिसकेको र उनीहरुसँग तालमेल नगर्ने हो भने बाँकी रहेकाहरु पनि उतै लाग्ने जिकिर गरे। उनीहरूलाई एमालेसँग नजिकिन नदिन पनि सम्बन्ध गाँस्नै पर्ने अवस्था आएको वताए ।

माओवादीलाई एमालेसँग जान नदिन अल्मल्याउनका लागि मात्रै तालमेल गर्नु परेको उनको भनाई थियो। समग्रमा धेरै माओवादी नेताहरु चुनाव जित्न नसक्ने अवस्थामा रहेको भन्दै उनले माओवादीको साख गिराए।

नेता कोईरालाको यो अभिब्यक्तिपछि ‘कांग्रेसले माओवादीसँग तालमेल गर्ने तर, माओवादी कमजोर रहेको देखाएर भोट आफुतिर तान्ने। माओवादी सिद्याउने’ रणनीति अख्तियार गरेको राजनीतिक विश्लेषकहरु वताउँछन् ।

‘एमालेलाई कमजोर वनाउन कांग्रेसले माओवादीलाई वोक्नु परेको कोईरालाको अभिब्यक्तिले प्रष्ट भयो’ उनीहरु भन्छन्–‘अहिले माओवादीको राजनीति पनि कांग्रेसले नै गर्ने, स्थानीय तहको निर्वाचनमा माओवादीलाई सिद्याउने र संसदिय निर्वाचनमा एक्लै चुनाव लड्ने रणनीतिमा कांग्रेस देखियो।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय