वामी नमूना समाजद्वारा मुसिकाेटमा खाद्यान्न सामग्री वितरण

काैरव खत्री गुल्मी २८ चैत । वामी नमुना समाज मुसिकाेट नगरपालिका ७ वामी शेरा गुल्मीले खाद्यान्न सामग्री अाइतवार वितरण गरेकाे छ ।

मुसिकाेट नगरपालिका वडा ७ अन्तगरत साविककाे वडा ९ का ५ जना व्यक्तिहरूलाई खाद्यान्न राहत सामग्री वितरण कार्यक्रममा वामी नमुना समाजका केन्द्रीय कार्यालय जापानका अभिभावक परिषद् सयाेजक बल बहादुर क्षेत्रीकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा समाज संरक्षक सदस्य लक्ष्मण प्रसाद खराल,समाजका महासचिव पुष्कर खराल लगायत रहनु भएकाे थियाे ।

राहत सामग्री दल बहादुर परियार,धनरूपा कुमाल,जय बहादुर कुमाल,चरीनी कुमाल,देउकला मगर लगायतलाई खाद्यान्न सामग्री चामल,तेल,दाल,अालु मकै लगायत वितरण गरिएकाे समाजका महासचिव रामु खरालले जानकारी दिनुभयो ।कार्यक्रम वामी नमुना समाजका अध्यक्ष जनक बहादुर थापाकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन भने समाजका महासचिव रामु खरालले गनुभएकाे थियाे ।

कार्यक्रम श्री जनज्योति प्रा वि वामी सेरामा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय