नेपाली काँग्रेस बडिगाड गाउँ कार्यसमितिको सम्पर्क कार्यालय स्थापना

सागर भण्डारी,बागलुङ । नेपाली काँग्रेस बडिगाड गाउँ कार्य समितिले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । १४ औँ महाधिवेशन पछि पार्टी सगंठन सुदृढीकरण अभियानमा लागेको गाउँ कार्यसमितिले बडिगाड गाउँपालिका ५ खौलारमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको हो ।

सम्पर्क कार्यालयको नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङका सभापति जित शेरचनले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शेरचनले नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा अहिले स्थानीय निर्वाचनमा गठबन्धन गरेर अगाडी बढेको भन्दै जिल्लाका सम्पूणर् पालिकामा जित सुनिश्चित रहेको बताउनुभयो । तर एक्लै चुनाव लड्ने मनस्थिति पनि लिएर अगाडी बढ्न उहाँको सुझाव थियो । कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम पैदा गर्दा समेत काँग्रेसले त्यसको प्रतिवाद गर्न नसकेको भन्दै उहाँले काँग्रेसले आफुले गरेका राम्रा कामको समेत प्रचार गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

“बडिगाड गाउँपालिकाले ५ वर्षको अवधीमा विकासको पक्षमा के गर्यो अब जनतालाई बुझाउने बेला आएको छ उहाँले भन्नुभयो – कृषि र खेलकुदका नाममा भएको ब्रह्मलुटको अब प्रदाफास गर्नुपर्छ ।” उहाँले आगामी निर्वाचनमा एमालेलाई परास्त गरेर बडिगाड गाउँपालिकाको बागडोर सम्हाल्ने गरी तैयारी अवस्थामा रहन सबैलाई आग्रह समेत गर्नुभयो ।

पार्टीका गतिबिधिलाई व्यवस्थापन गर्दै चुस्त र दुरुस्त रुपमा पार्टीका गतिबिधिहरु सम्पादन गर्न सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली काँग्रेस बडिगाड गाउँ कार्य समिति सभापति कृष्ण गुरुङले जानकारी दिनुभयो । सम्पर्क कार्यालय स्थापना भएसगैं अब कार्यालयबाट पार्टीका गतिबिधिहरु सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, जिल्ला सचिव गण्डकी थापा अधिकारी, क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढा लगायतले बोल्दै स्थानीय तह निर्वाचन केन्द्रीत गतिबिधि गरी पार्टीलाई एकढिक्का बनाउँदै निर्वाचनमा जित हासिल गर्ने सकंल्प सहित अगाडी बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु टेकराज पौड्याल, सागर खरेल, सरस्वती आचार्य, तिल बहादुर अधिकारी, जिल्ला सदस्यहरु कृष्ण बहादुर घिमिरे, अर्जुन खरेल, माया केसी, क्षेत्र ंनं २ का क्षेत्रीय सदस्य दिपेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस बडिगाड गाउँ कार्यसमिति सभापति कृष्ण गुरुङको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिव कमल चालिसेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय