बडिगाड गाउँपालिका अध्यक्षले गरे निर्वाचन आचारसहिंता उल्लघंन गर्दै योजना उद्घाटन

बागलुङ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले निर्वाचन आचार सहिंता विपरित योजनाको उद्घाटन गरेका छन् ।

निर्वाचन आयोगले शुक्रवार मध्यराति देखि निर्वाचन आचार सहिंता जारी गरेपनि त्यसको उल्लघंन गर्दै पाईजाले बडिगाड गाउँपालिका वडा नं ८ स्थित पोखराडाँडा हिल्मे डाँडा भट्टेनी भेडिखोर मोटरबाटो आयोजनाको उद्घाटन गरेका हुन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार सहिंतामा कुनै पनि योजनाको उद्घाटन शिलन्यास गर्न नपाउने उल्लेख गरिएको छ । तर अध्यक्ष पाइृजाले उक्त आचार सहिंता विपरित मोटरबाटो आयोजनाको उद्घाटन गरेका हुन् ।

नेपालको संविधान २०७२ ले परिकल्पनागरे बमोजिम स्थानिय निर्वाचन २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन ३५ दिन बाँकि रहँदै निर्वाचनको कार्यालयले लागू गरेको आचारसंहिता विपरित १ दिन पनि वित्न नपाउँदै सयौंँ जनाको उपस्थितिमा निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्नेगरि सत्ताको दुरुपयोग गर्दै मोटरबाटो आयोजनाको उद्घाटन गरेका हुन् ।

उनले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता र वडाअध्यक्ष यम बहादुर श्रीष थापालाई समेत उपस्थित बनाई आचारसंहिताको ठाडो उल्लङ्ङन गरेका छन् । स्थानिय सरकार प्रमुखबाटै नियम र आचारसंहिता बिपरित काम गर्नु अत्यन्तै निन्दनीय र लज्जास्पद भएको प्रतिपक्ष दल एवं गठबन्धनका नेताहरुले बताएका छन् ।

साथै गठबन्धनका नेताहरुले गाउँपालिका अध्यक्षबाट यस्तो गलत कार्य र प्रवृति बन्द नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । साथै गठबन्धनका नेताहरुले स्थानिय निर्वाचनलाई स्वच्छ र निष्पक्ष हुनपर्नेमा जोड दिँदै स्थानीय सरकारबाट आचारसंहिता विपरित काम हुँदै गर्दा कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवार गाउँपालिका अध्यक्ष हुनुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय