नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य माधव खरेललाइ अनुशासन समितिको जिम्मेवारी प्रदान

विष्णुप्रसाद आचार्य चकित, मुसिकोट गुल्मी- नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समिति सदस्य माधव प्रसाद खरेललाइ पार्टी प्रदेश मातहतको अनुशासन समितिको सम्योजकको जिम्मेवारी प्रदान गरिएको छ ।

पार्टिको चैत्र २२ गतेको पत्रानुसार प्रदेश सभापति अमरसिंह पुनले हस्ताक्षर गरेको पत्रमा उक्त जिम्मेवारी प्रदान गरिएको व्यहोरा उल्लेख गरिएको छ ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको निर्णय अनुसार पार्टीको प्रदेश अनुशासन समितिको सम्योजकको जिम्मेवारी प्रदान गरिएको काङ्ग्रेसले जनाएको छ । माधवप्रसाद खरेल यस अघिपनि पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको र आफ्ना जिम्मेवारीहरु सफलतापुर्वक निर्वाह गर्न सक्ने स्वच्छ छविका भएकोले अहिलेको जिम्मेवारी दिइएको काङ्ग्रेसले बताएको छ ।

लुम्बिनी प्रदेश भित्र पार्टीको अनुशासनमा उल्लेख्य अपेक्षा सहित जिम्मेवारी प्रदान गरिएको काङ्ग्रेस श्रोतले जनाएको छ ।हाल उहा आउदै गरेको स्थानीय निर्वाचनको लागि गुल्मीको मुसिकोट नगरपालिकामा नगरप्रमुखको लागि काङ्ग्रेसको तर्फबाट उम्मेदवार बन्ने रुचि पनि व्यक्त गर्नुभएको छ ।

उहाले २०४९ देखि २०५४ र २०५४ देखि अर्को कार्यकाल सम्मको लागि गुल्मीको अर्लाङ्गकोटको २ कार्यकालसम्म गा वि स अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।२०३३ सालमा नेबिसङ्घबाट राजनीतिमा सकृय रहनुभएका उहा ,२०४३ सालमा काङ्ग्रेसको तर्फबाट युवक सङ्गठन गाउ इकाइ सभापति बन्नुभएको थियो ।

२०४५ सालमा भुमिगत अवस्थामा पनि तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाबाट जिल्ला समिति गुल्मीको आमन्त्रित सदस्य मनोनीत भइ काम गर्नुभएको थियो । २०६४ देखि २०७१ सालसम्म गुल्मी काठमाडौ सम्पर्क समितिको अध्यक्ष भइ काम गरिसक्नुभएको अनुभवसमेत उहामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय