नेविसंघ गुल्मीद्धारा जिल्लामा रहेका अबैध क्रसर बन्द गर्न माग (विज्ञप्ती सहित)

सुमन महतारा गुल्मी । नबखबर

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीले जिल्लामा अबैध रुपमा मापदण्ड विपरित सञ्चालन भएका क्रसर बन्द गर्न माग गरेको छ । बुधबार नेविसंघ गुल्मीद्धारा प्रकाशित बिज्ञप्तीमा गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी मापदण्ड विपरीत संचालन गरिएका अवैध क्रसर उद्योग बन्द गर्न आग्रह गरेपनी गुल्मीमा संचालित अवैध क्रसर बन्द नभएकोे बिषयप्रति नेविसंघ गुल्मीले आपत्ती जनाएको हो । शक्ती र सत्ताको आडमा कुनै पनि न्युनतम मापदण्ड पूरा नगरी संचालनमा रहेका अवैध क्रसर उद्योग बन्द गर्न गराउन जिल्ला प्रशासन कार्यालय गुल्मीले तदारुकता नदेखाउनुले नेपाल विद्यार्थी संघ गुल्मीको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्लामा ४ वटा अवैध क्रसर उद्योगहरु सञ्चालन छन, तर पनि कुनैले पनि न्युनतम मापदण्ड पूरा नगरी संचालनमा रहेका छन् । जिल्लाको इस्मा गाउँपालिका १ मा सुनिल समीर निर्माण सेवा प्रालीले छल्दीखोलाको किनारमा नै अवैध क्रसर चलाएको छ । चन्द्रकोट गाउँपालिका ७ बडिघाट खोला किनारमा गौमूखी निर्माण सेवाले अवैध क्रसर संचालन गरेको छ । सत्यवति गाउँपालिका ७ मा ईलाइट निर्माण सेवा र रुरुक्षेत्र गाउँपालिकामा राजेश्वरी कन्स्ट्रकसन प्रालीले अवैध क्रसर चलाइरहेका छन् ।

यसरी मनपरी रुपमा राज्यलाई कर छली गर्दै मापदण्ड विपरीत संचालन भएका क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीको आलटाल कदापी सहयिय हुने छैन । सबै क्रसरहरुलाई बन्द गरी बिकास निर्माणका कामहरु ठप्प पार्नु नेपाल विद्यार्थी संघको चाहाना होइन । तर, अवैध क्रसर उद्योगहरुलाई कानुनी दायरामा लिई मापदण्ड अनुसार संचालनमा ल्याउनु प्रशासनको कर्तब्य भएको कुरा बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

अझै पनी अबैध क्रसर उद्योगहरुलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आलटाल गरी आफ्नो लाचारीपन देखाएमा नेपाल विद्यार्थी संघ गुल्मी आन्दोलनमा उत्रिन तयार रहेको पनि  नेपाल विद्यार्थी सँघका जिल्ला सह सचिव रोशन सिहं ठकुरीले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय