केपी ओलीको श्राप : यो सरकार आफैँ कुहिएर फतक्क झरोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने बताएका छन् । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै सरकार कुहिसकेको दावी गरे ।

अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ रु यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिनेवित्तिकै खत्रक झर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले कुनैपनि रुखको फल झर्नलाई मज्जाले कुहिसक्नुपर्ने पनि बताए ।

यो कुहिुदैछ । यो झर्नेवेलातिर जाँदैछ । यो झर्छ, झर्ने समय हामीले पर्खनुपर्छ’, ओलीले भने, ‘मर्नै लागेको मान्छे बाच्दै बाँच्दैन भनेपनि त्यतिबेला प्वाक्कै हिर्काएर त्यतिबेलै मर्यो भने ज्यान मुद्दा लाग्छ । त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौ । यो सरकार ढालेको वात पनि नलागोस्, आफै कुहिएर फतक्क झरोस् ।’

उनले एमालेले सरकारका बारेमा नभई चुनावमा ध्यान दिइरहेका बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय