ओलीले आफ्नै तस्विर मायाको चिनो पाएपछि…

भक्तपुर, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा ओलीलाई उनकै तस्विर मायाको चिनो प्रदान गरिएको थियो ।

आफ्नो तस्विर उपहारको रुपमा पाउँदा उनी निकै खुसी देखिएका थिए ।

एमालेको माओवादीसँग तालमेल सम्भव छ, समाजवादीसँग छैन: पृथ्वीसुब्बा गुरुङ

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा केन्द्रित छन् । अहिलेसम्मको अवस्थामा पाँचदलीय गठवन्धनसँग प्रतिपक्षी दल एमालेको सोझो भिडन्त हुनसक्ने आँकलन गरिएको छ ।

स्थानीय तहमा गठवन्धन गरेर जाने निर्णय भए पनि अहिलेसम्म गठबन्धनका दलहरू भित्र तालमेलको खाका तयार भएको छैन । एकीकृत समाजवादी बाहेकका सबै दलहरू आवश्यकताको आधारमा स्थानीय तहका गठबन्धन हुन सक्ने बताइरहेका छन् । एकीकृत समाजवादीले भने सबै स्थानीय तहको वडा स्तरसम्मै गठबन्धन हुनुपर्ने बताउँदै आइरहेको छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने चुनावसम्ममा अहिलेको समिकरण फेरिन सक्ने दावी गर्छन् । सबै दल एक्लाएक्लै भिड्न सक्ने वा गठबन्धन भित्रका केही दलहरू टुक्रिएर ‘गठवन्धन भर्सेस गठवन्धन’ भिडन्त हुनसक्ने सम्भावनाको अन्त्य नभएको उनको बुझाइ छ ।

तालमेलका क्रममा कुरा नमिलेर आपसी तिक्तता सुरु हुने र अन्तिममा कांग्रेसले माओवादी लगायतका अन्य दलहरूलाई बाध्यात्मक गठबन्धन गर्न लगाउन सक्ने गुरुङले बताए । गठबन्धनबाट बाहिरिए माओवादीसँग एमालेको तालमेल हुन सक्ने पनि उनको संकेत छ ।

सबै दल एक्लाएक्लै लड्दा एमालेले ६७ प्रतिशत र पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै लड्दा ३० देखी ४० प्रतिशतसम्म सिट जित्नसक्ने विश्लेषण गुरुङले सुनाए । प्रस्तुत छ, उपमहासचिव गुरुङसँग निर्वाचन, गठबन्धन र एमालेको रणनीतिको विषयमा गरिएको कुराकानी नेपाल टकमा:

स्थानीय तह निर्वाचनको लागि एमालेको तयारी कस्तो छ ?

यसपटक हामी एकल रूपमा स्थानीय तहको निर्वाचनमा होमिने तयारीमा छौँ । अहिले हामी घोषणापत्र तयार गरेर सम्पादनको क्रममा छौँ । आगामी वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्छौं।

प्रत्येक पालिकाको आवश्यकताको आधारमा हामीले घोषणापत्र तयार गरिरहेका छौँ । त्यो आइसकेपछि प्रत्येक पालिकाहरूले अझै के-के थप्नु पर्ने हो, त्यो पनि समेट्छौँ । प्रतिबद्धतापत्र र घोषणापत्र तयार गर्नेमा हामी सबैभन्दा अगाडी छौँ । उम्मेदवार छनोट प्रक्रिया,सिफारिसको विधिहरू पनि हामीले तयार गरिसकेका छौँ । अब चैत्र मसान्तभित्र हामी उम्मेदवारहरू चयन गरिसक्छौँ ।

अर्को कुरा उनीहरूले पाँच दलीय गठबन्धनको कुरा मात्रै गरिरहेका हुन् । त्यसमा पनि उनीहरूको कुरा मिलेको छैन । जसपाले हामीभन्दा पछि स्थानीय परिवेशअनुसार गठबन्धन गर्न सकिने भनेको छ । पाँच दलीय गठबन्धनमा प्रतिबद्ध छौँ भनेका छैनन् । निरपेक्ष रूपमा केन्द्रको गठबन्धन जिल्ला जिल्लामा कायम हुन्छ भन्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय